नामिबियालाई भारतको चुनौतीपूर्ण लक्ष्य 

नामिबियाले टस जितेर पहिले ब्याटिङको निम्तो दिनपछि भारतले ९ विकेट गुमाएर २ सय ९ रन बनाएको हो ।

माघ २९, २०८२

कान्तिपुर संवाददाता

मुम्बई — इसान किसनको अर्ध शतकको मद्दतले भारतले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा बिहीबार नामिबियालाई जितका लागि २ सय १० रनको लक्ष्य दिएको छ । 

नामिबियाले टस जितेर पहिले ब्याटिङको निम्तो दिनपछि भारतले ९ विकेट गुमाएर २ सय ९ रन बनाएको हो । इसानले २४ बलमा ६१ रन बनाउन ६ चौका र ५ छक्का प्रहार गरे । यस्तै सन्जु सामसनले २२ र तिलक वर्माले २५ रन बनाए । अन्त्यतिर हार्दिक पान्ड्याले २८ बलमा ५२ रन बनाए । यस्तै शिभम डुबेको १६ बलमा २३ रन जोडे । 

नामिबियाली बलरमध्ये जेरार्ड इरसमसले २० रनमा ४ विकेट लिए ।

कान्तिपुर

Link copied successfully