जितका लागि २ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले जवाफमा १८.२ ओभरमा अलआउट हुन अगाडि १ सय १६ रन मात्र बनाउन सक्यो । भारतको समूह ए मा यो लगातार दोस्रो जित हो र उसको ४ अंक भएको छ ।
What you should know
मुम्बई — भारतले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा बिहीबार नामिबियालाई सजिलै ९३ रनको ठूलो अन्तरले पराजित गरेको छ । जितका लागि २ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले जवाफमा १८.२ ओभरमा अलआउट हुन अगाडि १ सय १६ रन मात्र बनाउन सक्यो । भारतको समूह ए मा यो लगातार दोस्रो जित हो र उसको ४ अंक भएको छ । यससँगै टिम समूहको शीर्षमा उक्लेको छ ।
पाकिस्तान पनि समान ४ अंकमै रहेको छ । भारतको कसिकसाउ बलिङसामु नामिबियाका कोही पनि ब्याटरले खुलेर रन बनाउन सकेन । ओपनर लउरेन स्टिनक्याम्पले २९ र जाक फ्राइलिन्कले २२ रन बनाए । भारतका तर्फबाट वरुण चक्रवर्तीले ७ रनमा ३ तथा अक्षर पटेलले २० रनमा २ विकेट आफ्नो नाममा लेखाए । यस्तै हार्दिक पान्ड्याले पनि २१ रनमा दुई विकेट लिए ।
त्यस अगाडि इसान किसनको अर्ध शतकको मद्दतले भारतले चुनौतीपूर्ण स्कोर खडा गरेको थियो । नामिबियाले टस जितेर पहिले ब्याटिङको निम्तो दिनपछि भारतले ९ विकेट गुमाएर २ सय ९ रन बनाएको हो । इसानले २४ बलमा ६१ रन बनाउन ६ चौका र ५ छक्का प्रहार गरे । यस्तै सन्जु सामसनले २२ र तिलक वर्माले २५ रन बनाए । अन्त्यतिर हार्दिक पान्ड्याले २८ बलमा ५२ रन बनाए । यस्तै शिभम डुबेको १६ बलमा २३ रन जोडे । नामिबियाली बलरमध्ये जेरार्ड इरसमसले २० रनमा ४ विकेट लिए ।
