नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशिष्ट व्यक्तित्व सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रममा खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै एन्जिलालाई मनास्लु खेलाडी सम्मान–२०८२ बाट सम्मान गरिएको हो ।
काठमाडौँ — मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई बिहीबार सम्मान गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशिष्ट व्यक्तित्व सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रममा खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै एन्जिलालाई मनास्लु खेलाडी सम्मान–२०८२ बाट सम्मान गरिएको हो ।
मनास्लुले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई पनि सम्मान गरेको थियो । विश्व लिम्बूलाई मनास्लु सञ्चारकर्मी सम्मान, अनन्तप्रसाद भेटवाललाई मनास्लु समाजसेवी सम्मान र अभिषेक घिमिरेलाई मनास्लु शिक्षासेवी सम्मानबाट सम्मानित गरियो ।
उनीहरूलाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, मनास्लुका कार्यकारी अध्यक्ष गेन्द्र लामा र मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठले सम्मान गरे ।