युनाइटेडको जित यात्रामा पूर्णविराम

यससँगै माइकल क्यारेकको टिमको लगातार जित यात्रामा पूर्ण विराम लागेको छ ।

माघ २८, २०८२

कान्तिपुर संवाददाता

United's winning streak comes to an end

काठमाडौँ — बेन्जामिन सेस्कोको गोलको मदतले म्यानचेस्टर युनाइेटडले इंग्लिस प्रिमियर लिगमा मंगलबार वेस्ट ह्यामलाई १–१ को बराबरीमा रोकेको छ । र यससँगै माइकल क्यारेकको टिमको लगातार जित यात्रामा पूर्ण विराम लागेको छ ।

बेन्जामिन सेस्कोको गोलको मदतले म्यानचेस्टर युनाइेटडले इंग्लिस प्रिमियर लिगमा मंगलबार वेस्ट ह्यामलाई १–१ को बराबरीमा रोकेको छ । र यससँगै माइकल क्यारेकको टिमको लगातार जित यात्रामा पूर्ण विराम लागेको छ । युनाइटेड ४५ अंकमा चौथो स्थानमा रह्यो । वेस्ट ह्याम भने २४ अंकमा अझै रेलिगेसन क्षेत्रमा रहेको छ ।

युनाइटेड लगातार पाँचौं जित निकाल्न असफल रहेको हो । वेस्ट ह्यामको लागि युनाइटेडबाट प्राप्त एक अंक रेलिगेसनबाट बच्न महत्त्वपूर्ण हुन सक्नेछ । वेस्ट ह्यामले दोस्रो हाफमै थामोस सोचेकको गोलले अग्रता लिएको थियो । टोटनहम भने न्युकासल युनाइटेडको हातबाट २–१ ले पराजित रह्यो र यसले प्रशिक्षक थोमस फ्रान्क वर्खास्तीको अझ नजिक पुगेका छन् ।

न्युकासलको जितमा ज्याकोब राम्सीले गरेको गोल निर्णायक रह्यो । एभरटन पनि घरमै बर्नमाउथको हातबाट २–१ ले नै पराजित रह्यो । त्यसमा आमिन एडिलले निर्णायक गोल गरे । यस्तै चेल्सीले दुई गोलको अग्रता गुमाएपछि लिड्स युनाइटेडसँग २–२ को बराबरीमा चित्त बुझायो । यो नतिजापछि चेल्सी ४४ अंकमा पाँचौं स्थानमा रह्यो ।

कान्तिपुर संवाददाता

Link copied successfully