अफगानिस्तानलाई दक्षिण अफ्रिकाको चुनौतीपूर्ण स्कोर 

अफगानिस्तानले टस जितेर पहिले बलिङको निर्णय गरेको हो । यसै क्रममा दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर १ सय ८७ रन बनाएको हो ।

माघ २८, २०८२

कान्तिपुर संवाददाता

मुम्बई — दक्षिण अफ्रिकाले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा अफगानिस्तानसामु जितका लागि १ सय ८८  रनको चुनौती पेस गरेको छ । 

 बुधबार भएको खेलमा अफगानिस्तानले टस जितेर पहिले बलिङको निर्णय गरेको हो । यसै क्रममा दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर १ सय ८७ रन बनाएको हो । 

कप्तान एडेन मारकम ५ रन मात्र बनाएर आउट भए । त्यसपछि क्विन्टन डे कक र रायन रेकल्टनले दोस्रो विकेटका लागि १ सय १४ रनको साझेदारी गरे । डे ककले ५९ र रेकल्टनले ६१ रन बनाए । यस्तै डेवाल्ड ब्रेभासले २३ रन थपे । 

अफगान बलरमध्ये रसिद खानले २८ रनमा २ विकेट लिए । अजमाटुलाह ओमरजाईले ४१ रनमा ३ विकेट हात पारे।

कान्तिपुर

Link copied successfully