महेन्द्रज्योति र खुम्जुङ युथ सेमिफाइनलमा

फराकले खुम्बु याम्बु शेर्पा समाजलाई १–० गोलले पराजित गर्‍यो । पेम्बा स्माइल शेर्पाले निर्णायक गोल गरे । पेम्बानै प्लेयर अफ द म्याच भए ।

माघ २८, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च फराक र खुम्जुङ युथ क्लब १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनल पुगेका छन् ।

फराकले खुम्बु याम्बु शेर्पा समाजलाई १–० गोलले पराजित गर्‍यो । पेम्बा स्माइल शेर्पाले निर्णायक गोल गरे । पेम्बानै प्लेयर अफ द म्याच भए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा खुम्जुङले खुन्डे सामुदायिक क्लबलाई २–० गोलले हरायो । दुवै गोल प्लेयर अफ द म्याच फुरा इब्रा शेर्पाले गरे ।

विजेता दुवै टोली समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेका हुन् । खुम्जुङ विजेता र फराक उपविजेता भएर अगाडि बढे । समूह चरणको खेलमा २ जित र १ बराबरी खेलेको खुम्जुङले ७ अंक जोडे । फराकले १ जित र २ बराबरीसाथ ५ अंक बटुल्यो ।

प्रतियोगिताको समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लिगको अन्तिम दिन बिहीबार लाग्ने छ । त्यसदिन ठामिछोवा फुटबल टिम र खुम्बु युनाइटेड क्लब तथा नाम्चे युथ क्लब र आमादब्लम युथ क्लबबीच खेल हुनेछ ।  

कान्तिपुर संवाददाता

Link copied successfully