विश्वकपको पुरस्कार राशि एक करोड १२ लाख ५० हजार डलर

सहभागी हरेक टोलीले कम्तिमा पनि एक लाख १२ हजार ५ सय डलर पाउने छन्।

माघ २७, २०८२

कान्तिपुर संवाददाता

World Cup prize money: $12.5 million

मुम्बई —  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा एक करोड १२ लाख डलर भन्दा बढी पुरस्कार राशिका रुपमा वितरण गर्नेछ ।

 आईसीसीका अनुसार कुल पुरस्कार राशि एक करोड १२ लाख ५० हजार डलर रहेको छ।

त्यसमध्ये विजेताले २३ लाख ४० हजार डलर, उप विजेताले ११ लाख ७० हजार डलर र सेमिफाइनल पुग्नेले छ लाख ७५ हजार डलर पाउने छन् । यस्तै पाँचौंदेखि आठौं स्थानमा रहने टिमले २ लाख ७० हजार डलर पाउने छन् ।

यस्तै १३ देखि २० औं स्थानमा रहनेले एक लाख १२ हजार ५ सय डलर पाउने छन् । यस्तै प्रत्येक खेल जित्नेले ३१ हजार १ सय ५४ डलर पाउने छन् ।

कान्तिपुर

Link copied successfully