कोलम्बोमा भएको खेलमा अमेरिकाले टस जितेर पाकिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएको थियाे ।
मुम्बई — पाकिस्तानले ट्वान्टी-२० विश्वकप २०२६ मा मंगलबार अमेरिकासामु जितका लागि १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
समूह एअन्तर्गत श्रीलंकाको कोलम्बोमा भएको खेलमा अमेरिकाले टस जितेर पाकिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएको हो । यस क्रममा पूर्व च्याम्पियनले ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।
त्यसमा साहेबजादा फरहानले सर्वाधिक ७३ रन बनाए । उनले ४१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । यस्तै, बाबर आलमले ३२ बलमा ४६ रन जोडे ।
अमेरिकी बलरमध्ये स्याड्ली भानले २५ रनमा ४ विकेट लिए ।
