नामिबियाले पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको हो थियो ।
काठमाडौँ — बास डे लिडको अलराउन्ड प्रदर्शनको मद्दतले नेदरल्यान्ड्सले ट्वान्टी-२० विश्वकप २०२६ मा मंगलबार नामिबियालाई ७ विकेटले पराजित गरेको छ । समूह ए को खेलमा जितका लागि १ सय ५७ रन पछ्याएको नेदरल्यान्ड्सले १८ ओभरमा ३ विकेट गुमाएर १ सय ५९ रन बनायो ।
त्यसमा लिडले नटआउट रहेर ७२ रन बनाए । उनले ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै, कोलिन अकरमनले ३२ र माइकल लेभिटले २८ रन बनाए । यो जितपछि नेदरल्यान्ड्सको दुई खेलबाट दुई अंक भएको छ र समूहको दोस्रो स्थानमा उक्लेको छ ।
नामिबियाले पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको हो थियो । त्यसमा नामिबियाका लागि ओपनर जान फ्रायलिन्क ३० रन बनाएर आउट भएपछि जान निकोलले ४२ रन जोडे । निकोलले ३८ बलमा बनाएको यो नै टिमको सबैभन्दा ठूलो स्कोर रह्यो ।
त्यसमा एक चौका र दुई छक्का सामेल थियो । उनीबाहेक गेरहार्ड इरामसले १८ र जेजे स्मिथले २२ रन बनाए । डच बलरमध्ये लोगन भान बिक र लिडले दुई दुई विकेट लिए । नेदरल्यान्ड्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
