वानखेडेमा नेपालको आज अभ्यास

इंग्ल्यान्डविरुद्धको खेलमा चार रनको हार ब्यहोरेयता समूह सी को खेलमा नेपालले बिहीबार इटालीको सामना गर्दैछ ।

माघ २७, २०८२

कान्तिपुर संवाददाता

Nepal's practice today at Wankhede

मुम्बई — नेपालले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा इटालीको सामना गनुअघि मंगलबार वानखेडेमा साँझ अभ्यास गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले तय गरेको कार्यक्रम अनुसार नेपालले साँझ छदेखि नौ बजेसम्म अभ्यास गर्न लागेको हो ।

इंग्ल्यान्डविरुद्धको खेलमा चार रनको हार ब्यहोरेयता समूह सी को खेलमा नेपालले बिहीबार इटालीको सामना गर्दैछ । इटाली भने आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग पराजित रहेको थियो । यस्तोमा दुवै टिम शून्य अंकमा रहेका छन् ।

नेपालले सुपर–८ प्रवेशको आफ्नो सम्भावनालाई जीवन्त राख्न विश्वकपमा डेब्यु गरिरहेको इटालीमाथि जित निकाल्नुपर्नेछ । त्यस अगाडि समूह सी कै खेलमा बुधबार इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्दै छन् । नेपालको नजर त्यस खेलमा पनि हुनेछ ।
Nepal's practice today at Wankhede

कान्तिपुर संवाददाता

Link copied successfully