नेदरल्यान्ड्स आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित रहेको थियो ।
मुम्बई — नामिबिया र यूएईले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा मंगलबार पहिलो पटक आफ्नो चुनौती पेस गर्दैछ ।
समूह ए को नयाँ दिल्लीमा हुने खेलमा नामिबियाले नेदरल्यान्ड्ससँग खेल्नेछ । नेदरल्यान्ड्स आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित रहेको थियो ।
चेन्नाईमा समूह डी को खेलमा न्युजिल्यान्ड र यूएई भिड्ने छन् । अफगानिस्तानलाई हराएको न्युजिल्यान्ड दुई अंकमा रहेको छ । यस्तै समूह ए मा पाकिस्तानले कोलम्बोमा हुने खेलमा अमेरिकाको सामना गर्नेछ । पाकिस्तानको पनि दुई अंक नै छ ।
भारतविरुद्धको समूह चरणको खेल खेल्न तयार भएको स्थितिमा पाकिस्तान आफ्नो खेलका लागि मैदानमा उत्रन लागेको हो । त्यस अगाडि पाकिस्तानले भारतविरुद्धको खेल बहिस्कार गर्ने निर्णय गरेको थियो ।
