ल्होसार कपमा खुम्बु र आमादब्लम विजयी 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा समूह ‘बी’ को लिग खेलमा खुम्बुले नाम्चे युथ क्लबलाई ३–१ गोलले पराजित गर्‍यो । विजेताका प्लेयर अफ द म्याच दावा स्टेविन शेर्पाले २ र सोनाम शेर्पाले १ गोल गरे ।

माघ २७, २०८२

कान्तिपुर संवाददाता

Khumbu and Ama Dablam win in Lhosar Cup

काठमाडौँ — खुम्बु युनाइटेड क्लब र आमादब्लम युथ क्लब मंगलबार १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा समूह ‘बी’ को लिग खेलमा खुम्बुले नाम्चे युथ क्लबलाई ३–१ गोलले पराजित गर्‍यो । विजेताका प्लेयर अफ द म्याच दावा स्टेविन शेर्पाले २ र सोनाम शेर्पाले १ गोल गरे । नाम्चेका टासी दोर्जे शेर्पाले एक गोल फर्काए । लगातार दोस्रो जितसँगै खुम्बुको ६ अंक भएको छ । दुई खेलमा नाम्चेको पहिलो हार हो ।

समूह ‘बी’ कै लिगमा आमादब्लमले ठामिछोवा फुटबल टिमलाई १–० गोलले हरायो । जिक्मी शेर्पाले निर्णायक गोल गरे । कर्मा टासी शेर्पा प्लेयर अफ द म्याच बने । दुई खेल खेलेको आमादब्लमले पहिलो जित पाएको हो । त्यति नै खेलमा ठामिछोवाले लगातार दोस्रो हार बेहोर्‍यो ।

समूह ‘ए’ को लिगमा बुधबार आयोजक महेन्द्रज्योति पूर्व विद्यार्थी मञ्चले खुम्बु याम्बु शेर्पा समाज र खुन्डे सामुदायिक क्लबले खुम्जुङ युथ क्लबसँग खेल्नेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully