जेबी र लालीगुराँस बास्केटबल फाइनलमा

घरेलु कोर्टमा जेबीले बीएमसीएलाई २५–१५ स्कोरले पराजित गर्‍यो । जेबीका नारायण अधिकारीले १२ स्कोर गरे । लालीगुराँसले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३०–२० ले हरायो । लालीगुराँसका मन्सुव गुरुङले १२ स्कोर जोडे ।

माघ २७, २०८२

कान्तिपुर संवाददाता

JB and Laligurans advance to basketball finals

काठमाडौँ — आयोजक जेबी स्कुल र साबिक विजेता लालीगुराँस नेसनल एकेडेमी दोस्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ मंगलबार फाइनल पुगेका छन् ।

घरेलु कोर्टमा जेबीले बीएमसीएलाई २५–१५ स्कोरले पराजित गर्‍यो । जेबीका नारायण अधिकारीले १२ स्कोर गरे । लालीगुराँसले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३०–२० ले हरायो । लालीगुराँसका मन्सुव गुरुङले १२ स्कोर जोडे ।

सिनियर गर्ल्समा सत्यसाइ र फेरिल्यान्डले उपाधि भिडन्त पक्का गरे । सत्यसाइले बेलमोन्टलाई २५–१५ स्कोरले हरायो । सत्यसाइकी मेघा शाहले १० स्कोर जोडिन् । फेरिल्यान्डले डिफेन्डिङ च्याम्पियन भ्याली पब्लिकलाई २६–१९ ले पन्छायो । फेरिल्यान्डकी करुणा बोगटीले १० स्कोर बटुलिन् । गत संस्करणको फाइनलमा भ्याली पब्लिकले फेरिल्यान्डलाई पारजित गर्दै उपाधि जितेको थियो । फाइनल बुधबार हुनेछ ।

JB and Laligurans advance to basketball finals

कान्तिपुर

Link copied successfully