जिम्बाबे आठ विकेटले विजयी

जिम्बाबेले टस जितेर पहिले बलिङको निर्णय गरेको थियो ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Zimbabwe won by eight wickets

मुम्बई — जिम्बाबेले सोमबार ओमानलाई ट्वान्टी-२० विश्वकप २०२६ को समूह बी को खेलमा आठ विकेटले पराजित गरेको छ । 

ओमानले १ सय ४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो र यसलाई जिम्बाबेले दुई विकेट गुमाएर १३.३ ओभरमा पूरा गरेको थियो । त्यसमा ओपनर ब्रायन बटनले नटआउट रहेर ४८ रन बनाए  । 

जिम्बाबेले टस जितेर पहिले बलिङको निर्णय गरेको थियो । श्रीलंकाकाे कोलम्बोमा भएको खेलमा ओमानले १९.५ओभरमा सबै विकेट गुमाएर १ सय ३ रन बनाएको थियो । 

ओमानका लागि बिनायो सुब्बाले सर्वाधिक २८ रन बनाए । यस्तै, जिम्बाबेका तर्फबाट रिचर्ड एनगाभरा, ब्लेसिङ मुजा र ब्राड इभान्सले तीन तीन विकेट लिए ।

कान्तिपुर संवाददाता

Link copied successfully