बार्सिलोनामाथि रियलको दबाब कायम

यस जितसँगै रियल शीर्षमा रहेको बार्सिलोनामाथि दबाब कायम राख्न सफल रह्यो ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — अल्भारो कारेरस र केयलिन एमबापेको गोलको मदतले रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार भ्यालेन्सियालाई २–१ ले पराजित गरेको छ ।

यस जितसँगै रियल शीर्षमा रहेको बार्सिलोनामाथि दबाब कायम राख्न सफल रह्यो ।

यो यो नतिजापछि शीर्षमा रहेका दुई टिमबीचको अन्तर एक अंकका कायम रह्यो । कारेरसले ६५ औं मिनेटमा पहिलो गोल गरेपछि एमबापले इन्ज्युरी समयमो दोस्रो गोल थपे । एटलेटिको म्याड्रिड भने अर्को खेलमा रियल बेटिससँग १–० ले पराजित रह्यो ।

लिग तालिकामा बार्सिलोनाको ५८ अंक छ भने रियल ५७ अंकमा छ । एटलेटिको भने ४५ अंकमा तेस्रो स्थानमा रहेको छ ।

कान्तिपुर

Link copied successfully