क्रिकेटको ‘जन्मदाता’ इंग्ल्यान्डसँग नेपालको सानदार मुकाबिला

इंग्ल्यान्डका प्रमुख खेलाडी ज्याक विल्सले भने, ‘नेपाली टिमको जति प्रशंसा गरे पनि पुग्दैन, ब्याटिङ राम्रो भयो, बलिङ राम्रो, फिल्डिङ झन् राम्रो, अझ रनिङ विट विन द विकेट धेरै राम्रो’।

माघ २६, २०८२

हिमेश

Nepal's spectacular clash with England, the 'birther' of cricket

मुम्बईमा — जति जति बेला क्रिकेटमा साँघुरो हार बेहोरिन्छ, त्यो पीडादायी हुन्छ । अनि भन्ने गरिन्छ, क्रिकेट निर्दयी हुन्छ । अनि के पनि भन्ने गरिन्छ भने जितको नजिक पुगेर भन्नै पर्ने हुन्छ, यो त कति धेरै टाढा पो रहेछ ।

ट्वान्टी–२० विश्वकपमा नेपालले मुम्बईमा भएको आफ्नो खेलमा इंग्ल्यान्डविरुद्ध यस्तै ४ रनको साँघुरो हार बेहोर्‍यो । अन्तिम दुई बलमा ६ रन चाहिन्थ्यो, नेपालले त्यो पनि हात पार्न सकेन  । 

वानखेडे स्टेडियममा रहेको लगभग १७ हजार दर्शकमध्ये अधिकांस नेपाली थिए । इंग्लिस समर्थक थिएनन् भन्दा नै हुन्थ्यो । नेपालले प्रतिद्वन्द्वी इंग्ल्यान्डको त्यस्तो थियो, जसले यसअघि दुईपल्ट यही विश्वकप जितिसकेको थियो । अनि पछिल्लो समय ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा राम्रो प्रदर्शन गरिरहेको टिम थियो । त्यही टिमका प्रमुख खेलाडी ज्याक विल्सले खेलको अन्त्यमा भने, ‘नेपाली टिमको जति प्रशंसा गरेर पनि पुग्दैन । यो खेलमा नेपालको प्रदर्शन सबै क्षेत्रमा राम्रो रह्यो ।’

Nepal's spectacular clash with England, the 'birther' of cricket

उनको आशय थियो, नेपालको ब्याटिङ राम्रो, बलिङ राम्रो अनि फिल्डिङ झन् राम्रो । अझ ‘रनिङ विट विन द विकेट‘ धेरै राम्रो । तर उनको निचोड थियो, ‘क्रिकेटमा आखिरमा सबैभन्दा महत्त्वपूर्ण भनेको अनुभव हुँदोरहेछ । जसरी अन्तिम ओभरमा साम करनले बलिङ गरे, यो जितको श्रेय उनलाई दिए हुन्छ । उनीसँगै यस्तै कठिन स्थितिमा कसिकसाउ बलिङ गर्ने बाक्लो अनुभव छ ।’ यसबीच उनले एउटा मुद्दा पनि स्थापित गर्न खोजे र त्यो नेपाली क्रिकेटको दृष्टिकोणले खास थियो । 

Nepal's spectacular clash with England, the 'birther' of cricket

विल्सले भने, ‘अब टेस्ट र एसोसिएट टिमबीच खासै धेरै ठूलो अन्तर रहेन । विशेषतः ट्वान्टी–२० क्रिकेटमा न झनै छैन भन्दा हुन्छ । यो खेलपछि हामीले राहत नै महसुस गरेका थियौं । जति–जति खेल अन्त्यतिर अग्रसर थियो, मैले दबाब महसुस गरिरहेको थिएँ, म केही आत्तिएको पनि थिएँ । खेल आफैंमा निकै उतारचढावपूर्ण रह्यो । कहिले इंग्ल्यान्ड बलियो त कहिले नेपाल बलियो । तर अन्त्यमा हामीलाई चाहिएको थियो जित नै थियो । त्यही हात पार्न सफल रह्यौं । यस्तो जितले अझ धेरै खुसी दिने गर्छ ।’

Nepal's spectacular clash with England, the 'birther' of cricket

विश्वकप सुरु भएको दोस्रो दिन मात्र पुगेको छ, तर यसले दिन खोजेको सन्देश हो, कुनै पनि टिमले आफू बलियो भनेर आरामले बस्न पाउने छैनन् । अहिलेसम्म खेलको आधारमा विल्सको विश्लेषण यही रह्यो । उनले यसका लागि पहिलो दिन भएका दुई खेलको उदारहण पनि पेस गरे । वानखेडे स्टेडियममै भएको खेलमा अमेरिकाले डिफेन्डिङ च्याम्पियन तथा एउटा आयोजक देश भारतलाई गाह्रै पारेको थियो । पहिले ब्याटिङ गरेको भारतले एक समय चर्को दबाब खेपेको थियो । 

Nepal's spectacular clash with England, the 'birther' of cricket

यस्तै आयरल्यान्डविरुद्धको खेलमा पनि पाकिस्तान निश्चित जस्तै देखिएको हारको स्थितिबाट बल्लतल्ल जित निकाल्न सफल रह्यो । एकै ओभरको खेलपछि जित–हारको समीकरण पाकिस्तानको पक्षमा मोडिएको थियो । यस्तोमा प्रश्न जाजय बनेको छ, के विश्व क्रिकेटका ठूला भनिएका टिम र नेपाल जस्तै उदीयमान देशबीचको क्रिकेटस्तर कम हुँदै गएको हो त ? सायद केही हदसम्म हो पनि, होइन पनि । 

Nepal's spectacular clash with England, the 'birther' of cricket

खेलपछि अन्तर्राष्ट्रिय मिडियासामु आत्मविश्वासले भरिएको आवाजबीच नेपालका नन्दन यादव प्रस्तुत भए । उनले भने, ‘यो प्रश्नको उत्तर अहिले नै हामीलाई दिन गाह्रो छ । हामीलाई अझै धेरै काम गर्नु छ । रातो बलमा खेलिने क्रिकेटमा नेपालले गर्नुपर्ने जिम्मेवारी धेरै बाँकी छन् । हामीलाई अझै धेरै क्रिकेट खेल्नु छ ।’ प्रतियोगिताको सुरुमै नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि भनेका थिए, नेपालले वेस्ट इन्डिजलाई हराएको छ, बंगलादेश र दक्षिण अफ्रिकाविरुद्ध जित नजिक पुगेर हार्नुपरेको छ । 

Nepal's spectacular clash with England, the 'birther' of cricket

त्यसैले अब नेपालले टेस्ट मान्यताप्राप्त टिमविरुद्ध जितको प्रयास गर्नेछ । टिम आफै यसमा सक्षम पनि छ । इंग्ल्यान्डविरुद्धको पहिलो खेल यसकै अर्को उदाहरण बनेको छ । नन्दनले अन्त्यमा ठीकै भने, इंग्ल्यान्डविरुद्धको हारले पाठ पनि सिकाउने गर्छ । उनले भने, ‘आजको खेल हारे पनि हामीले जसरी खेल्यौं, त्यसमा गर्व छ । यो खेलपछि पनि हाम्रो सुपर एट पुग्ने सम्भावना कायम छ । त्यसका लागि हामीले अझ धेरै मिहिनेत गर्नेछौं ।’

नेपालको प्रशंसा गर्दै विश्व स्टारहरू

नेपाल ट्वान्टी–२० विश्वकपको आफ्नो इंग्ल्यान्डको हातबाट पराजित त रह्यो, तर यो हारमा पनि नेपाली टिमको प्रदर्शनबारे विश्व क्रिकेटका पुराना खेलाडीहरूले प्रशंसा गरेका छन् । त्यसमध्ये नेपालाई बधाई दिनेमा पर्छन्, दक्षिण अफ्रिका लिजेन्डरी बलर डेल स्टेयन । उनले एक्समा लेखेका छन्, ‘नेपाली क्रिकेटलाई मेरो आवश्यकता छ भने म तयार हुनेछु ।’ स्टेयनका अनुसार नेपालको क्रिकेट माथि–माथि मात्र गइरहेको छ । 

खेललगत्तै आयोजित पोस्ट म्याच कन्फ्रेन्समा नेपाली टिमको प्रतिनिधित्व गरेर आएका नन्दन यादवलाई यसबारे प्रश्न गरिएको थियो । त्यसको जवाफमा नन्दनले भने, ‘उनी दक्षिण अफ्रिकाका महान खेलाडीमध्ये एक हुन्, उनले १० वर्षभन्दा बढी समय अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट खेले । उनी नेपाली टिममा आवद्ध हुन चाहन्छन्, त्यो खुसीको कुरा भयो, तर यो हाम्रो हातमा छैन, यसबारे निर्णय गर्ने त नेपाल क्रिकेट संघले मात्र हो ।’

नेपाली टिमलाई खुलेर प्रशंसा गर्नेमा भारतका पूर्व स्टार युवराज सिंह पनि छन् । उनले एक्समा लेखेका छन्, ‘नेपालप्रति मेरो उच्च सम्मान छ । विश्वकै उत्कृष्ट टिमविरुद्ध खेल्दा पनि अन्तिम बलसम्म चुतौती पेस गरिरह्यो । यसले देखाउने गर्छ, शासन र मनैदेखि खेल्दा के हुन्छ भनेर । यसरी नै टिम अगाडि बढ्छ र च्याम्पियन टिम बन्छ । विश्व क्रिकेटले हेरिरहेको छ ।’

भारतका पुराना खेलाडी मोहम्मद कैफले नेपाल जितेको भए, त्यो हिमालयको उचाइ जस्तै अप्रत्याशित नतिजा हुने बताएका छन् । एक्समै लेखेका छन्, ‘जहाँबाट क्रिकेट सुरु भएको थियो, त्यही इंग्ल्यान्डलाई हराउन नेपाल एक प्रहारबाट टाढा थियो ।’ मुनाफ पटेलले पनि नेपाली क्रिकेटले धेरै राम्रो गरेको भनेर एक्समा लेखेका छन् । कमेन्टेटर हर्ष भोगलले पनि नेपालले धेरैको मन जितेको छ, हार पीडादायी भएको लेखेका छन् । उनका अनुसार नेपालको पस्केको खेल आफैंमा उत्कृष्ट थियो ।

इंग्ल्यान्डका पूर्व कप्तान माइकल भोनले इंग्ल्यान्डका लागि जित–जित नै रहेको बताउँदै लेखेका छन्, ‘कति धेरै क्रिकेटको रोमाञ्चक खेल । नेपाली खेलाडीले देखाएको खेल कौशलता आफैंमा अद्वितीय छ ।‘ 

भारतीय लेग स्पिनर रविचन्द्रन अश्विनले नेपाललाई उदीयमान क्रिकेट टिममध्ये सबैभन्दा राम्रो रहेको संज्ञा दिएका छन् । भारतीय खेलाडी आकाश चोपडाले पनि नेपालले अन्त्यसम्म संघर्ष गरेर राम्रो खेलेको बताएका छन् ।

हिमेश

Link copied successfully