ल्होसार कपमा खुम्बुको पहिलो जित

खुम्बुले खुन्डे सामुदायिक क्लबलाई ३–१ गोलले पराजित गर्‍यो

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Khumbu's first win in the Lhosar Cup

काठमाडौँ — खुम्बु याम्बु शेर्पा समाजले १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा सोमबार जित हासिल गरेको छ ।

खुम्बुले खुन्डे सामुदायिक क्लबलाई ३–१ गोलले पराजित गर्‍यो । खुम्बुका प्रनिल मगरले २ र कर्मा शेर्पाले १ गोल गरे । खुन्डेका पेमा वाङ्दीले एक गोल फर्काए । खुम्बुका प्रनिल प्लेयर अफ द म्याच घोषित भए । दुई खेलमा खुम्बुको यो पहिलो जित हो ।


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा आयोजक महेन्द्रज्योति पूर्व विद्यार्थी मञ्च फराकले खुम्जुङ युथ क्लबसँग गोलरहित बराबरी खेल्यो । दुई खेलमा मञ्चको दोस्रो बराबरी हो । यसअघि मञ्चले खुन्डेसँग गोलरहित बराबरी खेलेको थियो । आयोजक मञ्चका गोलरक्षक आशिष मगर प्लेयर अफ द म्याच चुनिए ।


मंगलबार नाम्चे युथ क्लब र खुम्बु युनाइटेड क्लब तथा ठामीछोवा फुटबल टिम र आमादब्लम युथ क्लब भिड्ने छन् ।

कान्तिपुर

Link copied successfully