त्यसमध्ये समूह सी को कोलकातामा हुने खेलमा इटाली र स्कटल्यान्ड भिड्दै छन् ।
काठमाडौँ — मुम्बई–ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा सोमबार तीन खेल हुनेछ ।
त्यसमध्ये समूह सी को कोलकातामा हुने खेलमा इटाली र स्कटल्यान्ड भिड्दै छन् । नेपाल पनि यसै समूहमा रहेको हुनाले टिमको ध्यान यस खेलमा रहनेछ ।
यो समूहमा अहिलेसम्म भएका खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ र इंग्ल्यान्डले नेपाललाई चार रनले पराजित गरेको थियो । समूहमा वेस्ट इन्डिज र इंग्ल्यान्ड समान दुई अंकमा शीर्ष स्थानमा छन् ।
नेपालको दोस्रो खेल इटालीविरुद्ध नै रहेको छ । कोलम्बोमा समूह बी को खेलमा ओमान र जिम्बावे भिड्ने छन् । यस्तै अहमदावादमा समूह डी को खेलमा क्यानाडा र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्नेछन् ।
