यस जितसँगै इन्टरको लिगमा अपराजित यात्रा १२ पुगेको छ ।
काठमाडौँ — फेडरिको डिमार्कोले तीन गोलमा सहयोगी भूमिका निभाएर उत्कृष्ट प्रदर्शन गरेपछि इन्टर मिलानले आइतबार इटालीको सिरी ए मा ससुलोलाई ५–० ले पराजित गरेको छ ।
यस जितसँगै इन्टरको लिगमा अपराजित यात्रा १२ पुगेको छ ।
यी १२ खेलमध्ये इन्टर ११ मा विजयी रहेको छ र लिग उपाधितर्फ उन्मुख देखिएको छ । युभेन्ट्सले भने अर्को खेलमा लाजियोसँग २–२ को बराबरी खेलेको छ । इन्टरको ५८ अंक भएको छ ।
उसको पछाडि एसी मिलानको ५०, नेपोलीको ४९ र युभेन्ट्सको ४६ अंक रहेको छ । यी टिममध्ये मिलानभने एक खेल कम खेलेको छ र छिमेकी इन्टरसँगको दूरी कम गर्ने अवसर छ ।
