बेलमोन्ट र सत्यसाई बास्केटबल सेमिफाइनलमा

बेलमोन्टले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई १४–९ स्कोरले र सत्यसाईले ग्रिनल्यान्डविरुद्ध १५–१० स्कोरले हराएको हो

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Belmont and Sathya Sai advance to basketball semifinals

काठमाडौँ — बेलमोन्ट र सत्यसाई स्कुल दोस्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सको सेमिफाइनलमा पुगेका छन् ।

बेलमोन्टले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई १४–९ स्कोरले पराजित गर्‍यो । बेलमोन्टकी क्रिस्टिना घिमिरेले १० स्कोर गरिन् । सत्यसाईले ग्रिनल्यान्डविरुद्ध १५–१० स्कोरको जित पाउँदा दिव्या कार्कीको ७ स्कोर गरिन् ।

सिनियर गर्ल्समै फेरिल्यान्डले मन्जरीलाई २०–१० र भ्याली पब्लिकले आयोजक जेबी स्कुललाई ३०–२० ले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरे । फेरिल्यान्डकी सायना माझीले १० र भ्यालीकी दृश्य गुरुङले १२ स्कोर गरे । सेमिफाइनलमा भ्याली पब्लिकको भेट फेरिल्यान्ड ताथ बेलमोन्टको सत्यसाइसँग हुनेछ ।

जुनियर ब्वाइजमा जेबीले ग्रिनल्यान्डलाई ३०–२०, लालीगुराँस नेसनल एकेडेमीले ओएसिसलाई ३६–२०, बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले पारामाउन्ट एकेडेमीलाई १५–१४ र बीएमसीएले नेचरलाई ३०–२५ ले हराएर सेमिफाइनल यात्रा तय गरे ।

जेबीका गौरव ओलीले १२, लालीगुराँसका सुवास शाहीले १३, बीएनएका दीपक तामाङले ६ र बीएमसीएका भिजन भगरले १० अंक बटुले । सेमिफाइनल लालीगुराँस र बीएनए तथा जेबी र बीएमसीएबीच हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully