भ्याली पब्लिक र फेरिल्यान्ड फाइनलमा भिड्ने

फाइनल खेल भाेलि सोमबार हुनेछ । दुवै समूहको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

माघ २५, २०८२

कान्तिपुर संवाददाता

Valley Public and Fairyland to face each other in the final

काठमाडौँ — भ्याली पब्लिक र फेरिल्यान्ड स्कूल दोस्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

आइतबार भ्याली पब्लिकले न्युटनलाई ३४-२४ ले पराजित गरेको हो । भ्यालीकी आकृति बमले १४ स्कोर जोडिन् । फेरिल्यान्डले बाग्मतीलाई ४०–३४ ले हरायो । फेरिल्यान्डकी करुणा बोगटीले १४ स्कोर गरिन् ।

ज्ञान संस्कार स्कूलको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइजमा भ्याली पब्लिक र ड्याफोडिल उपाधिका लागि भिड्ने भएका छन् ।

भ्याली पब्लिकले सेबलाई ५०–३१ ले हरायो । भ्यालीका निम्ति आर्यन गुरुङले १५ स्कोर बटुले । ड्याफोडिलले जेबी स्कूलको चुनौती ४२–३७ ले पन्छायो । ड्याफोडिलका काल्साङ तामाङले १७ स्कोर गरे ।

फाइनल खेल भाेलि सोमबार हुनेछ । दुवै समूहको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

कान्तिपुर

Link copied successfully