समृद्धि स्कुलले नवौं वार्षिक दिवसका अवसरमा करातेका सुमन तिमल्सिनालाई सम्मान गरेको छ ।
काठमाडौँ — समृद्धि स्कुलले नवौं वार्षिक दिवसका अवसरमा करातेका सुमन तिमल्सिनालाई सम्मान गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सुमनलाई करातेमा हासिल गरेको उपलब्धि र करातेको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
सुमनलाई समृद्धिका अध्यक्ष मनोहरकुमार भट्टराई र फाइनान्स डाइरेक्टर अच्युत अधिकारीले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
