स्केटिङ्ग रेस अन्तर्गत चार स्वर्ण र दुई कास्य पदकसहित स्वस्तिश्री गुरुकुल आइ बी कन्टिनम स्कुल च्याम्पियन हुन सफल भयो।
काठमाडौँ — चेल्सी वर्ल्ड स्कुलको आयोजनामा विभिन्न विद्यालयको सहभागितामा प्रथम चेल्सी इन्टर स्कुलस्केटिङ्ग रेस च्याम्पियनसीप २०८२ सम्पन्न भएको छ ।
फरक–फरक उमेर समूहका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । खेलकुदमार्फत बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सम्पन्न प्रतियोगितामा एक सय ६५ खेलाडीहरु, अफिसियल र निर्णायक टिमको सहभागिता रहेको प्रशिक्षक अभिषेक मानन्धरले जानकारी दिए ।
स्केटिङ्ग रेस अन्तर्गत चार स्वर्ण र दुई कास्य पदकसहित स्वस्तिश्री गुरुकुल आइ बी कन्टिनम स्कुल च्याम्पियन हुन सफल भयो भने दोस्रो स्थानमा शिव नरसिहं शिक्षालयले दुई स्वर्ण, तीन रजत र तीन कास्य पदक जित्यो । यस्तै तेस्रो स्थानमा चेल्सी वर्ल्ड स्कुल दुई स्वर्ण, दुई रजत र दुई कास्य पदक जित्न सफल भयो ।
नेपाल रोलबल संघका महासचिव डिकेश प्रधान, नेपाल स्केटिङ्ग तथा स्केट बोर्डिङ एसोसिएसनका प्रमुख प्रशिक्षक दिलिप राज बराल तथा चेल्सी वर्ल्ड स्कुलका प्रिन्सिपल छाम्बा डोल्मा लगायतले विजेता खेलाडीहरुलाई ट्रफी, प्रमाण–पत्र तथा मेडल वितरण गरेका थिए ।
