बार्सिलोनाको सहज जित

यस नतिजाले बार्सिलोना शीर्ष स्थानमा चार अंकको अग्रता लिन सफल रह्यो ।

माघ २५, २०८२

कान्तिपुर संवाददाता

Easy win for Barcelona

काठमाडौँ — रोबर्ट लेवनडोस्की, लामिन यामल र मार्क बेरनलको एक एक गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार रियल मार्लोकामाथि ३–० को सजिलो जित निकालेको छ ।

यस नतिजाले बार्सिलोना शीर्ष स्थानमा चार अंकको अग्रता लिन सफल रह्यो ।

बार्सिलोनाको ५८ अंक भएको छ । रियल म्याड्रिडको ५४ अंक छ र दोस्रो स्थानमा छ । रियलले आइतबारको खेलमा भ्यालेन्सियाको सामना गर्दैछ र त्यसमा जित निकालेर बार्सिलोनाविरुद्धको दूरी कम गर्न सक्नेछ ।

मार्लोका भने २४ अंकमा १५ औं स्थानमा छ । अर्को खेलमा रियल सोसिडाडले एल्चेलाई ३–१ ले हरायो र ३१ अंकमा आठौं स्थानमा उक्लिन सफल रह्यो ।

कान्तिपुर

Link copied successfully