खेलको पहिलो गोल भने मार्टिन जुडिबेन्डीले गरेका हुन् ।
काठमाडौँ — आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्षमा शनिबार नौ अंकको ठोस अग्रता लिएको छ । उसले यसका लागि सन्डरल्यान्डलाई सजिलै ३–० ले हरायो । त्यसमा भिक्टर ग्वेक्वेरेसले दुई गोल गरे ।
खेलको पहिलो गोल भने मार्टिन जुडिबेन्डीले गरेका हुन् ।
यो जितपछि आर्सनलको ५६ अंक भएको छ । उसको पछाडि म्यानचेस्टर सिटी ४७ अंकमा रहेको छ । तेस्रोमा रहेको एस्टन भिल्लाले भने बर्नमाउथसँग १–१ को बराबरी खेलेको छ । चेल्सी भने उल्भ्समाथि ३–१ को जित रच्न सफल रह्यो ।
यस्तै न्युकासल युनाइटेड घरमै ब्रेन्टफोर्डविरुद्धको खेलमा ३–२ ले पराजित रह्यो । अन्य खेलमा एभरटनले फुलहमलाई २–१, वेस्ट ह्यामले बर्नलीलाई २–० र म्यानचेस्टर युनाइटेडले टोटनहमलाई २–० ले हरायो ।
