नेपालकी शिभाली गुरुङ र दक्षिण कोरियाकी सिओ ह्योन किमको जोडीले आईटीएफ टेनिस टुर जुनियर जे ६०–सर्किट २ को गर्ल्स डबल्समा स्वर्ण जितेको छ ।
काठमाडौँ — नेपालकी शिभाली गुरुङ र दक्षिण कोरियाकी सिओ ह्योन किमको जोडीले आईटीएफ टेनिस टुर जुनियर जे ६०–सर्किट २ को गर्ल्स डबल्समा स्वर्ण जितेको छ ।
नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शनिबार भएको फाइनलमा शिभाली र किमको जोडीले भारतका अलिना फारिड र साइभी गौरव दलालको जोडीलाई ६–३, ६–२ को सोझो सेटमा हरायो । किम गर्ल्स सिंगल्समा पनि पहिलो भइन् ।
ब्वाइज डबल्समा स्पेनका डेविड अगुइर जोहन्सन र चीनका रुछेन गाउको जोडी विजेता भयो ।
विजेतालाई टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतले पुरस्कृत गरे ।
