लिड्सको राहतपूर्ण जित

यो नतिजाले लिड्सको २९ अंक भएको छ र यो रेलिगेसन क्षेत्रबाट नौ अंकको ठोस अग्रता हो ।

माघ २४, २०८२

कान्तिपुर संवाददाता

Leeds' relief win

काठमाडौँ — लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शुक्रबार नटिंघम फरेस्टमाथि ३–१ को जित निकालेको छ । यो जितले लिड्सको रेलिगेसनबाट बच्ने सम्भवना बलियो बनाएको छ ।

यो नतिजाले लिड्सको २९ अंक भएको छ र यो रेलिगेसन क्षेत्रबाट नौ अंकको ठोस अग्रता हो । हारले फरेस्ट २६ अंकमा १७ औं स्थानमा रह्यो र उसमाथि दबाब बढेको छ ।

एलान रोडमा भएको खेलमा लिड्सका लागि जेयडन बोग्ले र नोहा ओखफरले पहिलो हाफमा गोल गरे । डोमिनिक क्लेभर्ट लेविनले तेस्रो गोल थपे । लोरेन्जो लुकाले फरेस्टका लागि गरेको गोल सान्त्वता भन्दा बढी केही भएन् ।

कान्तिपुर

Link copied successfully