विश्वकपको प्रत्यक्ष प्रसारणको फिड प्रयोगबारे कान्तिपुर टेलिभिजन नेटवर्कको चेतावनी

विश्वकपको अन्य व्यक्ति वा संस्थाले पब्लिक स्क्रिनिङ गर्न चाहेमा कान्तिपुर म्याक्स र कान्तिपुर म्याक्स–२ च्यानलको फिडमा असर नपर्ने गरी लाइभ फिडमात्र प्रयोग गर्न अनुरोध गरेको छ ।

माघ २३, २०८२

कान्तिपुर संवाददाता

Kantipur Television Network warns against using live World Cup feed

काठमाडौँ — कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप क्रिकेटको नेपालका लागि आधिकारिक प्रशारकको विशेष अधिकार आफूमा मात्र रहेको जनाएको छ ।

विश्वकपको अन्य व्यक्ति वा संस्थाले पब्लिक स्क्रिनिङ गर्न चाहेमा कान्तिपुर म्याक्स र कान्तिपुर म्याक्स–२ च्यानलको फिडमा असर नपर्ने गरी लाइभ फिडमात्र प्रयोग गर्न अनुरोध गरेको छ ।

आईसीसीद्वारा प्रदान गरिएका प्रसारण अधिकार र मापदण्ड पूर्ण रूपमा पालना गरी कान्तिपुर म्याक्स र कान्तिपुर म्याक्स–२ च्यानलको फिड प्रयोगबाहेक कुनै अनाधिकृत च्यानल, अन्य प्रशारण माध्यम वा डिजिटल प्लेटफर्ममार्फत प्रतियोगिता प्रशारण गर्ने गराउने कार्य कानुन विपरीत हुने जनाएको छ ।

यस कम्पनीको प्र्रशारण अधिकार उल्लंघन हुने कुनै पनि कार्य नगर्नु नगराउनु हुन अनुरोध गर्दै कान्तिपुर टेलिभिजन नेटवर्कले अनाधिकृत रूपमा प्रशारण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कदम चालिने जनाएको छ ।

Kantipur Television Network warns against using live World Cup feed

कान्तिपुर

Link copied successfully