कान्तिपुर म्याक्स र सिद्धार्थ बैंकबीच साझेदारी

ट्वान्टी–२० विश्वकपको प्रत्यक्ष प्रसारणमा सिद्धार्थ बैंक अफिसियल बैंक रहने

माघ २३, २०८२

कान्तिपुर संवाददाता

Kantipur Max and Siddhartha Bank enter into partnership

काठमाडौँ — आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको प्रत्यक्ष प्रसारणका लागि कान्तिपुर म्याक्स र सिद्धार्थ बैंक लिमिटेडबीच ‘अफिसियल बैंक’ को रूपमा साझेदारी भएको छ ।

‘सिद्धार्थ बैंकले सबै प्रकारको क्रिकेट नेपाली दर्शकमाझ प्रस्तुत गर्न प्रतिबद्ध छ । एनपीएलमा सहकार्यपछि यस बैंक यो विश्वकपलाई प्रत्यक्ष देखाउन पाउँदा गर्वित छ,’ विज्ञप्ति जनाइएको छ ।

यस सहकार्यअन्तर्गत सिद्धार्थ बैंक कान्तिपुर म्याक्समा प्रसारण हुने विश्वकपका सम्पूर्ण प्रत्यक्ष खेल तथा विशेष कार्यक्रमको आधिकारिक बैंकको रूपमा रहनेछ । साझेदारीले क्रिकेटप्रेमी दर्शकमाझ सिद्धार्थ बैंकको ब्रान्ड उपस्थितिलाई थप बलियो बनाउने विश्वास बैंकको छ ।

कान्तिपुर

Link copied successfully