शनिबारको तेस्रो क्वाटरफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौं र न्युरोड टीम (एनआरटी) आमनेसामने हुनेछन्।
धरान — २६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा भुटानको रोयल थिम्पु क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वाटरफाइनल प्रवेश गरेको छ ।
शुक्रबार धरान–१६ स्थित रंगशालामा सम्पन्न खेलमा झापा ११ का लागि खेलको पहिलो हाफको ३५औं मिनेटमा सुनिल खड्काले गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफको १८औं मिनेटमा राजेश दाहालले थप गोल गर्दै झापाको जित सुनिश्चत गरे।
शुक्रबारको ‘म्यान अफ द म्याच’ झापा ११ राजेश दाहाल घोषित भएका छन्। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगिता अन्तरगत शनिबार हुने तेस्रो क्वाटरफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौं र न्युरोड टीम (एनआरटी) आमनेसामने हुनेछन्।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख पुरस्कार पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होण्डा डियो स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ।
