अफगानिस्तानलाई हराउँदै यू–१९ विश्वकपको फाइनलमा पुग्यो भारत

आरोन जर्जको शतकीय पारीको सहयोगमा भारतले अफगानिस्तानलाई सहजै पराजित गरेको हो ।

माघ २२, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — यू–१९ विश्वकपमा भारतले अफगानिस्तानलाई सात विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

आरोन जर्जको शतकीय पारीको सहयोगमा भारतले अफगानिस्तानलाई सहजै पराजित गरेको हो । 

पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा चार विकेटको क्षतिमा ३१० रनको विशाल स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको भारतका लागि आरोनले शतक पूरा गर्दा वैभव सूर्यवंशी र कप्तान आयुष म्हात्रेले अर्धशतक बनाए । 

भारतीय टिमले ४१ दशमलव १ ओभरमै मात्र ३ विकेटको क्षतिमा ३११ रन बनाउँदै खेल आफ्नो नाममा पार्‍यो । अब उपाधिका लागि भारतले शुक्रबार इंग्ल्यान्डसँग खेल्नेछ । 

कान्तिपुर

Link copied successfully