अब उपाधि भिडन्तमा सिटीले आर्सनलको सामना गर्नेछ ।
काठमाडौँ — म्यानचेस्टर सिटीले बुधबार न्युकासल युनाइटेडलाई ३–१ ले पराजित गर्दै लिगकपको फाइनल यात्रा तय गरेको छ ।
अब उपाधि भिडन्तमा सिटीले आर्सनलको सामना गर्नेछ ।
इतिहाडमा प्राप्त अहिलेको जितपछि सिटीले दुई लेगको सेमिफाइनलमा समग्रमा ५–१ को अग्रता लिएको थियो । न्युकासलको घरमा भएको पहिलो सेमिफाइनलमा पनि सिटी सजिलै विजयी रहेका थियो ।
यसपल्ट सिटी लागि ओमर मारमोसले दुई तथा टिजानी रेजिन्डर्सले एक गोल गरे । न्युकासलका तर्फबाट एन्थोनी एलान्गाले एक गोल फर्काए । अब मार्च २२ मा वेम्बलीमा हुने फाइनलमा सिटी र आर्सनलबीच फाइनल हुनेछ ।
