सेमिफाइनलमा चाँदबागको भेट एक्सेल्सियर (नीलो) सँग हुनेछ भने राई स्कुलले स्वर्णिमविरुद्ध खेल्नेछ ।
काठमाडौँ — बास्केटबलको यू–१२ गर्ल्समा राई स्कुल र चाँदबाग सेमिफाइनलमा पुगेका छन् । राई स्कुलले युरो स्कुललाई १२–२ ले हरायो । राईको जितमा सिमरन शेदगलले ६ स्कोर गरिन् ।
काभ्या थापाको २ स्कोरमा चाँदबागले एक्सेल्सियर (नीलो) लाई ६–० ले हरायो । सेमिफाइनलमा चाँदबागको भेट एक्सेल्सियर (नीलो) सँग हुनेछ भने राई स्कुलले स्वर्णिमविरुद्ध खेल्नेछ ।
सिनियर ब्वाइजको सेमिफाइनल रेडियन्ट र संस्कृति तथा पुष्पसदन र राराहिलबीच हुनेछ । सिनियर गर्ल्सको सेमिफाइनलमा रिब्सले ल्यान्डमार्क एकेडेमी र एक्सेल्सियरले रेडियन्ट पब्लिकको सामना गर्नेछन् ।
