आर्सनल पुग्यो लिगकप फाइनलमा

सेमिफाइनल दोस्रो लेगमा काइ हाभर्टेजले एक मात्र गोल गरे र यससँगै समग्रमा ४–२ को निर्णायक अग्रता लिन सफल रह्यो ।

माघ २१, २०८२

कान्तिपुर संवाददाता

Arsenal reach the League Cup final

काठमाडौँ — आर्सनलले चेल्सीलाई १–० ले पराजित गर्दै मंगलबार लिगकपको फाइनल यात्रा तय गरेको छ ।

सेमिफाइनल दोस्रो लेगमा काइ हाभर्टेजले एक मात्र गोल गरे र यससँगै समग्रमा ४–२ को निर्णायक अग्रता लिन सफल रह्यो ।

यसअघि पहिलो लेगको सेमिफाइलनमा आर्सनल ३–२ ले अगाडि थियो । आर्सनलले फाइनल खेल्न लागेको यो छ वर्षयता पहिलो हो । प्रिमियर लिगको शीर्षमा रहेको आर्सनलका लागि यो सिजन उत्कृष्ट हुन सक्ने क्रममा रहेको छ ।

फाइनलको उसको प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी अथवा न्युकासल युनाइटेड हुनेछ । अर्को पहिलो लेगको सेमिफाइनलमा सिटी २–० ले अगाडि रहेको छ ।

कान्तिपुर

Link copied successfully