सन्डरल्यान्डसँग हारेपछि बर्नलीलाई गाह्रो

एक्सेल टुन्जेबेको आत्मघाती गोलले अग्रता लिएको सन्डरल्यान्डका लागि हबिब डिएरा र चेम्सडिन टाइबीले एक एक गोल थपे ।

माघ २०, २०८२

कान्तिपुर संवाददाता

Burnley in trouble after losing to Sunderland

काठमाडौँ — सन्डरल्यान्डले इंग्लिस प्रिमियर लिगमा सोमबार बर्नलीलाई सजिलै ३–० ले हराएको छ ।

एक्सेल टुन्जेबेको आत्मघाती गोलले अग्रता लिएको सन्डरल्यान्डका लागि हबिब डिएरा र चेम्सडिन टाइबीले एक एक गोल थपे ।

यो जितपछि सन्डरल्यान्ड ३६ अंकमा आठौं स्थानमा उक्लेको छ । बढुवा भएर प्रिमियर लिग आएयता राम्रो खेलिरहेको सन्डरल्यान्ड यो सिजन आफ्नो घरेलु मैदानमा यो सिजन अपराजित रहेको छ ।

हारले भने बर्नलीलाई अझ गाह्रो भएको छ र रेलिगेसनमा पर्ने सम्भावना अझ गाढा भएको छ । लिग तालिकाको १९ औं स्थानमा रहेको बर्नलीको १५ अंक मात्रै छ ।

कान्तिपुर

Link copied successfully