अन्तरकलेज फुटसल प्रतियोगितामा समृद्धि स्कुल विजयी

विजेताले ३ लाख नगद, ट्रफी र प्रमाणपत्र, उपविजेता टिमले २ लाख नगद, ट्रफी र प्रमाणपत्रका पाएका छन् ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

Samriddhi School wins inter-college futsal competition

काठमाडौँ — डीएभी कलेजले आयोजना गरेको सातौं डीएभी (प्लस २) अन्तर कलेज सिक्स 'ए' साइड फुटसल प्रतियोगिताको विजेता समृद्धि स्कुल भएको छ । त्यस्तै, उपविजेता हेराल्ड कलेज भएको छ । 

विजयी टिमहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल बस्नेत तथा शिवशक्ति एडुमार्टका संस्थापक महेश गिरहियाले संयुक्त रुपमा नगद, प्रमाणपत्र दिए । 

विजेताले ३ लाख नगद, ट्रफी र प्रमाणपत्र, उपविजेता टिमले २ लाख नगद, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी समृद्धि स्कुलका कप्तान बोगटी, उत्कृष्ट गोलरक्षक हेराल्ड कलेजका निराजन मगर र उच्च गोलकर्ता  एआईटीएम कलेजका सुशन बलामीलाई पनि जनही नगद १५ हजार रुपैयाँ पाएका छन् ।

कलेजको आफ्नै फुटसल मैदानमा ४० कलेजहरूका सहभागिता रहेको थियो । तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता प्लस २ तहको सबैभन्दा ठूलो धनराशिको प्रतियोगिता भएको दाबी कलेजका प्रिन्सिपल सुमन बस्नेतले बताए ।

कान्तिपुर

Link copied successfully