खेल बराबरीतर्फ अग्रसर भएको बेला एमबापेले सयौं मिनेटमा निर्णायक गोल गरेका हुन्
काठमाडौँ — केयलियन एमबापेले दोस्रो हाफको इन्ज्युरी समयमा पेनाल्टीबाट गोल गरेपछि रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा नौ खेलाडीमा सीमित रायो भालेकानोलाई २–१ ले पराजित गरेको छ । रियलले भिनियस जुनियरको गोलले अग्रता लिएको थियो ।
त्यसपछि जोर्गे ड फ्रुटोसले भालेकानोका लागि बराबरी गोल फर्कार्ए । खेल बराबरीतर्फ अग्रसर भएको बेला एमबापेले सयौं मिनेटमा निर्णायक गोल गरेका हुन् । यो जितपछि रियलको ५४ अंक भएको छ र यो शीर्षमा रहेको बार्सिलोनासँग एक अंकको दूरी हो ।
अन्य खेलमा रियल बेटिसले भ्यालेन्सियालाई २–१ ले हरायो । यस्तै गेटाफे र सेल्टा भिगोले गोलरहित तथा एथलेटिको बिलबाओ र रियल सोसिडाडले १–१ को बराबरी खेले ।
