कान्तिपुर म्याक्समा प्रसारण हुने आईसीसी पुरूष टी-२० विश्वकपलाई बर्जर पेन्ट्सको साथ

भारत र श्रीलंकामा यही फेब्रुअरी ७ तारिखबाट सुरु हुने विश्वकपका सबै खेल कान्तिपुर म्याक्समा प्रत्यक्ष प्रसारण हुनेछन् ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

ICC Men's T20 World Cup to be broadcast on Kantipur Max with Berger Paints

काठमाडौँ — कान्तिपुर म्याक्समा प्रत्यक्ष प्रसारण हुने आईसीसी पुरुष टी-२० विश्वकपलाई बर्जर पेन्ट्सले पनि साथ दिने भएको छ ।

सोमबार बर्जर पेन्ट्सका मार्केटिङ प्रमुख सोनिया अधिकारी, एसिस्टेन्ट मार्केटिङ म्यानेजर विनोद महर्जन, कान्तिपुर टिभीका मार्केटिङ प्रमुख अनुपम अधिकारी र कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसीबीच प्रायोजन सम्झौता भएको हो ।

भारत र श्रीलंकामा यही फेब्रुअरी ७ तारिखबाट सुरु हुने विश्वकपका सबै खेल कान्तिपुर म्याक्समा प्रत्यक्ष प्रसारण हुनेछन् ।

विश्वकपअघि नेपाली क्रिकेट टिमले मंगलबार चेन्नईमा यूएईसँग आधिकारिक वार्म अप म्याच खेल्नेछ ।

कान्तिपुर

Link copied successfully