उपाधि होडमा रहेको सिटीलाई धक्का
काठमाडौँ — टोटनहमले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीलाई २–२ को बराबरीमा रोकेको छ । सिटीका लागि उपाधि होडमा यो धक्काका रूपमा रहेको छ । सिटीले पहिलो हाफमा रायन चेर्की र एन्टोन सेमेन्योको गोलले अग्रता लिएको थियो ।
तर सिटीले त्यसलाई कायम राख्न सकेन । टोटनहमका लागि डोमिनिक सोलन्केले दोस्रो हाफमा दुई गोल फर्काए । यस्तै एस्टन भिल्ला पनि ब्रेन्टफोर्डको हातबाट १–० ले पराजित रह्यो । म्यानचेस्टर युनाइटेड भने फुलहमलाई ३–२ ले हराउन सफल रह्यो ।
आर्सनल ५३ अंकमा शीर्ष स्थानमा छ र उसको पछाडि सिटीको ४७, भिल्लाको ४६ र युनाइटेडको ४१ अंक रहेको छ । आइतबारको एउटा अर्को खेलमा नटिंघम फरेस्ट र क्रिस्टल प्यालेसले १–१ को बराबरी खेले ।
