पाकिस्तानले भारतसँग नखेल्ने

भारतले फेब्रुअरी ७ देखि सुरु हुने प्रतियोगिता श्रीलंकासँग मिलेर सहआयोजना गर्दैछ । दुई छिमेकी देश भारत र पाकिस्तान अबको विश्वकपमा एउटै समूह ए मा रहेका छन् ।

माघ १८, २०८२

कान्तिपुर संवाददाता

Pakistan will not play against India.

काठमाडौँ — पाकिस्तानी सरकारले आफ्नो राष्ट्रिय टिमलाई आइतबार ट्वान्टी ट्वान्टी विश्वकपमा खेल्न अनुमति दिएको छ । तर सरकारले टिमलाई भारतविरुद्धको खेलमा सहभागी हुनबाट भने रोक लगाएको छ । 

भारतले फेब्रुअरी ७ देखि सुरु हुने प्रतियोगिता श्रीलंकासँग मिलेर सहआयोजना गर्दैछ । दुई छिमेकी देश भारत र पाकिस्तान अबको विश्वकपमा एउटै समूह ए मा रहेका छन् ।

पाकिस्तानी सरकारले भनेको छ, ‘पाकिस्तानी सरकारले पाकिस्तानी क्रिकेट टिमलाई ट्वान्टी ट्वान्टी विश्वकपमा सहभागिताका लागि अनुमति दिन्छ । तर भारतविरुद्ध फेब्रुअरी १५ हुने भनिएको खेलमा सहभागिता जनाउने छैन ।’

पाकिस्तानी सरकारको यो निर्णयपछि अबको विश्वकप थप विवाद र अन्योलतामा परेको छ । दक्षिण एसियाली भूराजनीतिका कारण विश्वकप बहिस्कारदेखि टिम निष्कासनसम्ममा परेको हो । यसअघि सुरक्षाको कारण देखाएर बंगलादेशले भारतीय भूमिमा प्रतियोगिता खेल्न अस्वीकार गरेको थियो । 

बंगलादेशले आफ्ना खेल भारतबाट श्रीलंकामा सार्न पनि अनुरोध गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले त्यसलाई स्वीकार गरेन र बंगलादेशको स्थानमा स्कटल्यान्डलाई विश्वकपमा सहभागी गराउने निर्णय गरेको थियो । 

कान्तिपुर

Link copied successfully