नारदमूनि गोल्डकप: एपीएफ सेमिफाइनल प्रवेश

एलएक्स सिटी फुटबल क्लब बेलबारी मोरङलाई ०-१ गोल गर्दै एपीएफले जित हात पारेको हो।

माघ १८, २०८२

भोटराज राई

Naradamuni Gold Cup: APF enters semi-finals

उदयपुर — उदयपुरको बसाहामा जारी ११ औं नारदमूनि थुलुङ गोल्डकपको चौथो दिन आइतबार भएको अन्तिम क्वाटर फाइनल खेलमा एपीएफ काठमाडौं सेमिफाइनल प्रवेश गरेको छ।

एलएक्स सिटी फुटबल क्लब बेलबारी मोरङलाई ०-१ गोल गर्दै एपीएफले जित हात पारेको हो। खेलको ४३ औं मिनेटमा एपीएफका जर्सी नम्बर ११ का श्याम नेपालीले गोल गरेका थिए। सोही गोल निर्णायक बन्यो । खेलको पहिलो हाफसँग दुवै तर्फबाट गोल बराबरी शून्यमा टुंगिएको थियो । 

आइतबारकाे खेलमा म्यान अफ दि म्याच एपीएफका जर्सी नम्बर १५ का विवेक थापा मगर भए।
सोमबारको सेमिफाइनल खेल यङ ब्रदर क्लब इटहरी र न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीबीच हुनेछ । यो गोल्डकपको पहिलो सेमिफाइनल खेल हो । 

भोटराज राई भोटराज राई उदयपुरस्थित कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Link copied successfully