अन्तिम खेलमा शनिबार भारतले न्युजिल्यान्डमाथि ४६ रनको जित निकाल्यो ।
काठमाडौँ — भारतले न्युजिल्यान्डविरुद्धको पाँच खेलको ट्वान्टी–ट्वान्टी सिरिजमा ४–१ को जित निकालेको छ ।
अन्तिम खेलमा शनिबार भारतले न्युजिल्यान्डमाथि ४६ रनको जित निकाल्यो ।
तिरुवनन्तपुरममा खेलिएको पाँचौं र अन्तिम ट्वान्टी–ट्वान्टी खेलमा भारतले फराकिलो रन अन्तरको जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २७१ रन बनाएको थियो ।
२७२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ दशमलव ४ ओभरमा अलआउट हुँदै २२५ रनमै समेटियो । भारतका लागि ईशान किशनले ४३ बलमा १०३ रन बनाए । यसबाहेक सूर्य कुमार यादवलेः ३० बलमा ६५ रन बनाए ।
न्युजिल्यान्डका लागि फिन एलनले ३८ बलमा ८० रन बनाउँदा ईश सोढीले १५ बलमा ३३ रन बनाए ।
