बार्सिलोनाको अग्रता चार अंक

यो जितपछि बार्सिलोनाको ५५ अंक भएको छ ।

माघ १८, २०८२

कान्तिपुर संवाददाता

Barcelona lead by four points

काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ र यसका लागि उसले एल्चेलाई सजिलै ३–१ ले पराजित गरेको हो । यो जितपछि बार्सिलोनाको ५५ अंक भएको छ ।

बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ र यसका लागि उसले एल्चेलाई सजिलै ३–१ ले पराजित गरेको हो । यो जितपछि बार्सिलोनाको ५५ अंक भएको छ ।

रियल भने ५१ अंकमा दोस्रो स्थानमा छ । बार्सिलोनाको जितमा लामिन यामल, फेरान टोरेस र मार्कस रसफोर्डले एक एक गोल गरे । शीर्ष चारमा रहेका एटलेटिको म्याड्रिड र भिल्लारियल दुवैले बराबरी खेलेका छन् ।

एटलेटिकोलाई लेभान्टेले गोलरहित तथा भिल्लारियललाई ओसासुनाले २–२ को बराबरीमा रोकेको हो । रियल ओभिएडोले भने जिरोनालाई १–० ले पराजित गरेको थियो ।

कान्तिपुर

Link copied successfully