सबलेन्कालाई हराएर रेबकिना च्याम्पियन

उनले रड रेभर एरेनामा भएको फाइनलमा ६–४, ४–६ र ६–४ को जित निकालिन् र यसक्रममा आफ्नो खेल जीवनको दोस्रो ग्रान्ड स्लाम उपाधि जितिन् ।

माघ १७, २०८२

कान्तिपुर संवाददाता

Rybakina beats Sabalenka to become champion

काठमाडौँ — एलेना रेबकिनाले शनिबार आरयन सबलेन्कालाई हराएर अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन् ।

उनले रड रेभर एरेनामा भएको फाइनलमा ६–४, ४–६ र ६–४ को जित निकालिन् र यसक्रममा आफ्नो खेल जीवनको दोस्रो ग्रान्ड स्लाम उपाधि जितिन् ।

सन् २०२२ को विम्बल्डन उपाधियता काजाकिस्तानकी २६ वर्षीया खेलाडीले यो सफलता चुकेकी हुन् । विश्व नम्बर १ खेलाडी सबलेन्का भने पछिल्ला चार ग्रान्ड स्लाम फाइनलमा हारेको यो तेस्रो अवसर हो ।

अब जारी हुने नयाँ वरीयतामा रेबकिना तेस्रो वरीयतामा उक्लने छन् । जितपछि उनले भनिन्, ‘यो उपाधि जित्न सकेकोमा म निकै खुसी छु । मलाई के विश्वास छ भने यो लय पूरा वर्ष कायम रहनेछ ।’

कान्तिपुर

Link copied successfully