फुटसलमा एक्सेल्सियरलाई सफलता

आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा पुष्पसदनले बालदीक्षा सदनलाई ४५–३६ स्कोरले पराजित गर्‍यो।

माघ १७, २०८२

कान्तिपुर संवाददाता

Excelsior wins in futsal

काठमाडौँ — पुष्पसदनले १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा सफलता पाएको छ ।

आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा पुष्पसदनले बालदीक्षा सदनलाई ४५–३६ स्कोरले पराजित गर्‍यो।

पुष्पसदनका सम्राट लामाले २४ स्कोर जोडे । सिनियर ब्वाइजमै रेडियन्ट पब्लिकल ओरेकल रेलाई ५७–३६ ले हरायो । रेडियन्टका सुसनराज न्यौपानेले १४ स्कोर गरे ।

सिनियर गर्ल्समा रेडियन्ट पब्लिकले बालदीक्षालाई २१–९, एक्सेल्सियरले ल्यान्डमार्क एकेडेमीलाई २०–१७ र चाँदबागले न्यु जेनिथलाई २९–९ ले हराए । रेडियन्टकी सेजल रोक्काले ९, एक्सेल्सियरकी सीमा थापा मगरले ७ र चाादबागकी सौर्य बाराकोटीले ६ स्कोर बटुले ।

फुटसलमा ब्वाइज यू–९ मा एक्सेल्सियर (रातो) ले एक्सेल्सियर (हरियो) लाई १०–१ तथा एक्सेल्सियर (नीलो) ले एक्सेल्सियर (हरियो) लाई ५–० गोलले पराजित गरे । यू–११ रिब्सले बोधीसत्वलाई ७–०, राई स्कुलले बोधीवृक्षलाई ४–० र राई स्कुलले रिब्सलाई १–० गोलले हराए ।

यू–१३ मा कोहिनुर र रेडियन्ट पब्लिक तथा रेडियन्ट पब्लिक र बोधीसत्वबीचको खेल बराबरीमा सकियो । दुवै खेल १–१ गोलको बराबरीमा टुंगियो । यू–१६ मा एक्सेल्सियर (नीलो) ले रेडियन्ट पब्लिकलाई ६–२, किड्स लर्निङले बोधीसत्वलाई २–० र न्यु अरुणोदयले रेडियन्ट पब्लिकलाई ५–० गोलले हराए ।

कान्तिपुर

Link copied successfully