राष्ट्रिय जिम्न्यास्टिकमा आर्मी च्याम्पियन

भक्तपुरको जगातीस्थित लिवाली कभर्डहलमा भएको प्रतियोगितामा आर्मी सर्वाधिक १००.५० अंक जोड्दै टिम च्याम्पियन बन्यो ।

माघ १७, २०८२

कान्तिपुर संवाददाता

Army champions in national gymnastics

काठमाडौँ — आर्मी क्लबले १४ औं राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिताको उपाधि जितेको छ ।

भक्तपुरको जगातीस्थित लिवाली कभर्डहलमा भएको प्रतियोगितामा आर्मी सर्वाधिक १००.५० अंक जोड्दै टिम च्याम्पियन बन्यो ।

नेपाल जिम्न्यास्टिक संघको आयोजनामा भएको प्रतियोगितामा बागमती प्रदेश दोस्रो भयो । बागमतीले ९८.६० अंक बटुल्यो । तेस्रो भएको एपीएफले ९२.३५ अंक पायो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा सात प्रदेश, पुलिस, आर्मी र एपीएफ क्लबका १ सय २० खेलाडीले पुरुष/महिलामा ८–८ विधामा प्रतिस्पर्धा गरेका थिए ।

यसै प्रतियोगिताबाट चीनमा सन् २०२६ को जुनमा हुने एसियाली आर्टिस्टिक जिम्न्यास्टिक प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट गरिने आयोजक संघका उपाध्यक्ष राजकुमार कार्कीले जनाएका छन् ।

कान्तिपुर

Link copied successfully