फाइनलमा रेबकिनाविरुद्ध सबालेन्का

यी दुईको भिडन्त सन् २०२३ अस्ट्रेलियन ओपन फाइनलको पुनरावृत्ति हो

माघ १६, २०८२

एएफपी

Sabalenka to face Rybakina in final

What you should know

मेलबर्न — एलेना रेबकिनाले जेसिका पेगुलालाई पराजित गर्दै बिहीबार अस्ट्रेलियन ओपन टेनिसको फाइनल यात्रा तय गरेकी छिन् । अब उनले उपाधि भिडन्तमा आर्यना सबालेन्काको सामना गर्नेछिन् ।

यो सन् २०२३ को फाइनल पुनरावृत्ति पनि रहनेछ । व्यक्तिगत दोस्रो ग्रान्ड स्लाम उपाधिको खोजीमा रहेकी काजकिस्तानकी रेबकिनाले अमेरिकी प्रतिद्वन्द्वी पेगुलालाई ६–३, ७–६ (९/७) ले हराइन् । 

रड लेभर एरेनामा भएको खेल एक घण्टा ४० मिनेट चलेको थियो । रेबकिनाले अहिलेसम्म फाइनल यात्राका क्रममा एक सेट पनि गुमाएकी छैनन् । यहाँ उत्कृष्ट प्रदर्शनकै कारण २६ वर्षीया खेलाडीसामु बेलारुसकी नम्बर एक खेलाडीविरुद्ध तीन वर्षअगाडि फाइनलमा बेहोरेको हारको बदला लिने अवसर पनि जुरेको छ । त्यतिबेला फाइनलमा सबालेन्काले एक सेटले पछाडि रहेको स्थिति उल्टाएर उपाधि जितेकी थिइन् । 

‘सेमिफाइनल जित निकै संघर्षपूर्ण रह्यो । विशेषतः दोस्रो सेटमा त कडा प्रतिस्पर्धा नै भयो । धन्न, मैले खेल जितें, त्यसैले म खुसी छु,’ रेबकिनाले भनिन्, ‘तर खेलको स्थिति जस्तै भए पनि म आफ्नो प्रदर्शनप्रति गर्व गर्छु । एक सेटले अगाडि रहेको स्थितिमा पनि जित निकाल्ने गाह्रो भयो । तर, मैले कुनै पनि समय आत्मविश्वास गुमाइनँ । प्रत्येक अंकका लागि मैले र्सघर्ष गरें । त्यसैले भन्छु, म असाध्यै खुसी छु । संक्षिप्तमा भन्दा जे भयो, सकारात्मक भयो ।’

मस्कोमा जन्मेकी रेबकिनाले क्वाटरफाइनलमा दोस्रो वरीयताकी इगा स्वाटेकलाई हराएकी थिइन् । सन् २०२२ मा विम्बल्डनको उपाधि जितेयता उनी पहिलो ग्रान्ड स्लाम जित्ने अभियानमा छिन् । अर्कोतर्फ सबालेन्काले फाइनल फ्रवेशका लागि युत्रेनकी एलिना स्भिटलिनालाई ६–२, ६–३ ले हराइन् । यो खेल कति तनावपूर्ण रह्यो भने प्रतिस्पर्धापछि दुवै खेलाडीले एक आपसमा हात पनि मिलाएनन् । खेल आफैंमा राजनीतिक रंगले भरिएको रह्यो । 

सबालेन्कासामु अब तेस्रोपल्ट मेलबर्नमा उपाधि जित्ने अवसर हुनेछ । हारले १२ औं वरीयताकी स्भिटलिनाका लागि आधुनिक टेनिसमा ग्रान्ड स्लाम फाइनल प्रवेश गर्ने फहिलो युत्रेmनी खेलाडी हुने अवसर गुमेको छ । युत्रेनकी अन्य खेलाडीले जस्तै स्भिटलिनाले रुस वा मस्कोका खेलाडीसँग हात मिलाइनन् । यस पछाडिको कारण युद्ध नै थियो । खेल अगाडि नै दुई खेलाडीले हात नमिलाउने र यस निर्णयप्रति सम्मान गर्न भनिएको थियो । 

दुवै खेलाडीले खेल अगाडिको औपचारिक फोटो सेसन र अन्य औपचारिकता पनि निभाएनन् । खेलको समाप्तिमा सबालेन्काले भनिन्, ‘रेफ्रीका केही निर्णय ठीक थिएनन् । तर जे भयो, त्यसले मलाई राम्रो खेल्न प्रेरित गरेको थियो । मलाई लाग्छ, यस्ता मोडले मलाई फाइदा नै भएको छ, मेरो खेल अझ बलियो भएको छ । म के भन्छु भने यो जितमा असाध्यै धेरै खुसी छु । मलाई लाग्छ, यति बेला स्भिटलिनाले राम्रो खेलिरहेकी छिन् ।’

एएफपी

Link copied successfully