घरेलु कोर्टमा ज्ञान संस्कारले फ्युजन एकेडेमीलाई १७–१६ स्कोरले पराजित गर्यो । ज्ञानका अने डंगोलले ७ स्कोर जोडे ।
काठमाडौँ — आयोजक ज्ञान संस्कार स्कुलले दोस्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेको छ ।
घरेलु कोर्टमा ज्ञान संस्कारले फ्युजन एकेडेमीलाई १७–१६ स्कोरले पराजित गर्यो । ज्ञानका अने डंगोलले ७ स्कोर जोडे ।
ब्वाइजमै ल्यान्डमार्क एकेडेमीले रोजमेरीलाई २८–२२, ग्रिनल्यान्डले अपीलाई १६–११, भ्याली पब्लिकले क्यानभास वसन्तऋतुलाई ३२–१९, किङडमले भद्रकालीलाई ५७–४१ र सेबले रिलायन्स को–एडलाई ३७–२७ स्कोरले हराए ।
ल्यान्डमार्कका मनोजले ६, ग्रिनल्यान्डका रोहित गुरुङले ४, भ्याली पब्लिकका अशोक बिकले १४, किङ्डमका जिग्मे शेर्पाले १३ र सेबका युविन तामाङले १७ स्कोर जोडे ।
गर्ल्समा ग्रिनल्यान्डले किङडमलाई २१–१७ र ल्यान्डमार्कले अपीलाई २८–२४ ले हराए । ग्रिनल्यान्डकी दीक्षा पाण्डेले ९ र ल्यान्डमार्ककी प्रतीक्षा राईले ११ स्कोर गरे ।
प्रतियोगिताको राष्ट्रिय बास्केटबल खेलाडीद्वय रोशनी श्रेष्ठ र सोनी वाइबाले संयुक्त उद्घाटन गरे । दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । माघ २६ सम्म चल्ने प्रतियोगिताको ब्वाइजमा २५ र गर्ल्समा १६ टिम सहभागी छन् ।
