लियोन र भिल्ला शीर्ष दुईमा

यस्तै नवौंदेखि २४ औं स्थानसम्म रहने टिमले अब अन्तिम १६ मा प्रवेशका लागि प्ले अफ खेल्नेछन् ।

माघ १६, २०८२

कान्तिपुर संवाददाता

Lyon and Villa in the top two

काठमाडौँ — युरोपा लिगका लिग चरणका खेल बिहीबार सकिएका छन् । लियोन तथा एस्टन भिल्ला शीर्ष दुईमा रहे ।

यस्तै मिडट्जल्यान्ड, रियल बेटिस, पोर्टो, ब्राग, फ्रेबर्ग र रोमा शीर्ष आठमा रहेर अन्तिम १६ मा प्रवेश गरेका छन् ।

यस्तै नवौंदेखि २४ औं स्थानसम्म रहने टिमले अब अन्तिम १६ मा प्रवेशका लागि प्ले अफ खेल्नेछन् । अन्तिम दिनका प्रमुख खेलमा लियोनले पीएसओकेलाई ४–२ र एस्टन भिल्लाले दुई गोलले पछाडि रहेको स्थितिमा साल्सबर्गलाई ३–२ ले हरायो ।

यस्तै मिडट्जल्यान्डले डायनामो जाग्रेभलाई २–०, बेटिसले फायनउडलाई २–१ र पोर्टोले रेन्जर्सलाई १–० पराजित गरे । ब्रागले गो अहेडसँग १–१ र रोमाले प्यानाथिनाइकोजसँग १–१ को बराबरी खेले । फ्रेबर्ग भने लिलसँग १–० ले पराजित रह्यो ।

कान्तिपुर

Link copied successfully