प्रत्यक्ष प्रसारणको ब्रोडकास्टिङ टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी

कान्तिपुर म्याक्सले नेपालमा मेन्स टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण देखाउने अधिकार पाएको छ ।

माघ १६, २०८२

कान्तिपुर संवाददाता

Extreme Energy is the broadcasting title sponsor of the live broadcast.

What you should know

काठमाडौँ — कान्तिपुर म्याक्स एचडी टेलिभिजन र एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीच आईसीसी मेन्स टी–२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारणका लागि मुख्य प्रायोजन सम्झौता भएको छ ।

कान्तिपुर म्याक्सले नेपालमा मेन्स टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण देखाउने अधिकार पाएको छ । 

कान्तिपुर म्याक्सले मेन्स टी–२० विश्वकपका सबै ५५ म्याच प्रत्यक्ष प्रसारण गर्नेछ । कान्तिपुर म्याक्सबाट इंग्लिस कमेन्ट्री र कान्तिपुर म्याक्स–टुबाट नेपाली कमेन्ट्रीका साथ टी–२० विश्वकपका खेलहरूको प्रत्यक्ष प्रसारण हुनेछ । खेलका क्रममा हरेक दिन विज्ञहरूका साथ प्रि–म्याच, पोस्ट म्याच हुने कान्तिपुर म्याक्सले जनाएको छ ।

कान्तिपुर म्याक्सले टी–२० विश्वकपको प्रत्यक्ष प्रसारणको ब्रोडकास्टिङ टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्ससँग सम्झौता गरेको होछ । कान्तिपुर म्याक्सका बिजनेस हेड सागर केसी र एक्स्ट्रिम इनर्जी ड्रिंक्सका सेल्स हेड पवनकुमार श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विभिन्न सोसल मिडिया तथा उपभोक्ता केन्द्रित क्याम्पेन सञ्चालन गर्दै ४० भाग्यशाली जनालाई मुम्बईमा नेपालको खेल रंगशालामै गएर देखाउने प्याकेज लिएर आएको छ । सो प्याकेजअन्तर्गत भाग्यशाली विजेताले खेलाडीलाई प्रत्यक्ष रूपमा हौसला प्रदान गर्न पाउने पनि एक्स्ट्रिम इनर्जीले जनाएको छ । 

एक्स्ट्रिम इनर्जी ड्रिंक्स महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक हो । कान्तिपुर म्याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रत्यक्ष प्रसारण गरेको थियो । एक्स्ट्रिम एनपीएलको टोली काठमान्डु गोर्खाजसँग आवद्ध रहेको थियो । 

कान्तिपुर म्याक्सले आफूलाई खेलकुद च्यानलका रूपमा विकास गरिरहेको जनाएको छ । हाल कान्तिपुर म्याक्सबाट पोखरामा भइरहेको टाइगर कप भलिबल, काठमाडौंमा भइरहेको महिला टी–२० विश्वकप ग्लोबल छनोट र विश्वको सबैभन्दा चर्चित घरेलु फुटबल इंग्लिस प्रिमियर लिग प्रत्यक्ष प्रसारण गरिरहेको छ । कान्तिपुरले यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट, विम्बल्डन टेनिस प्रत्यक्ष प्रसारण गरेको थियो ।

कान्तिपुर

Link copied successfully